हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

नेपाल भारत सम्बन्धको विषयमा बसन्त चौधरीले दिए यस्तो कडा अभिव्यक्ति !

काठमाडौं। साहित्यकार तथा उद्यमी बसन्त चौधरीले नेपाल भारत सम्बन्धको विषयमा कुरा हुँदा सधैं ‘रोटी–बेटी’को दुहाइ दिइने गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।

उनले अब रोटी बेटीको दुहाइबाट माथि उठ्ने समय भएको बताएका छन् ।पछिल्लो समय ठूलो संख्यामा नेपालीहरुले भारतबाहेक तेस्रो मुलुकबाट ‘रोटी’ कमाउने गरेको र धेरैले उतैका ‘बेटी’ बिहे गर्न थालेको भन्दै अब माथि उठ्नुपर्ने उल्लेख गरेका छन् ।नेपालका सबैभन्दा धनी मानिएका उद्योगपति विनोद चौधरीका भाइसमेत रहेका बसन्तको यो भनाइलाई यसकारण पनि अर्थपूर्ण रुपमा लिइएको छ किनकि उनी भारतीय मूलका नेपाली नागरिक हुन् ।

उनको पुर्खा भारतको राजस्थानबाट व्यापारको सिलसिलामा नेपाल आएर यतै स्थापित भएर बसेका हुन् । उनको परिवारमा अझै पनि भारतमा बिहे गर्ने परम्परा कायमै छ । उनका दाजु विनोद चौधरीका छोराले केही वर्ष अघि मात्र भारतकी छोरीसँग बिहे गरेको पृष्ठभूमिमा उनको यो धारणा महत्वपूर्ण मानिएको छ ।उनले ट्वीटमा लेखेका छन् ‘नेपाल–भारत सम्बन्धको कुरा हुँदा सधैँ ‘रोटी–बेटी’को सम्बन्धको दुहाई दिइने गरिन्छ ।

अहिले ६०–७० लाख नेपाली भारतबाहेक विदेशमा ‘रोटी’ कमाउँछन् र विकसित देशकाले त त्यहीँकै ‘बेटी’ बिहे गर्छन् । आपसी सम्बन्धको कुरा गर्दा अब रोटी–बेटीको नाराबाट माथी उठ्ने समय भएन र भन्या ?’