हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

विश्वको उत्कृष्ट पदमार्गमा सगरमाथाको आधार शिविर

काठमाडौँ : विश्वप्रसिद्ध ट्रेकिङ गाइड पुस्तक प्रकाशक ‘लोनली प्लानेट’ को विश्वकै उत्कृष्ट ट्रेकिङ स्थलमध्ये सगरमाथाको आधार शिविर पनि परेको छ ।

लोनली प्लानेटले ट्रेक गर्न विश्वकै उत्कृष्ट गन्तव्यको चौँथो स्थानमा सगरमाथाको आधार शिविरलाई सूचीकृत गरेको छ । १० उत्कृष्ट ट्रेकिङ गन्तव्यमध्ये समुद्र सतहदेखि सगरमाथाको ५ हजार ५ सय ४५ मिटर उचाइमा रहेको कालापत्थर शिविर लोनली प्लानेटको चौँथो स्थानमा परेको हो।
सगरमाथा राष्ट्रिय निकुञ्जस्थित अधिकांश पदमार्गहरु युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।