हाम्रो देश
१४ कार्तिक २०७७, शुक्रवार

बिहेको तयारीमा थिए सुशान्त

नायक सुशान्त सिंह राजपुतको निधन झुन्डिएर भएको रिपोर्ट सार्वजनिक भैसकेको छ । उनै, सुशान्त अभिनित चलचित्र ‘दिल वेचरा’ जुलाई २१ बाट डिजिटल माध्यममा रिलिज हुँदैछ । हटस्टारमा यो चलचित्र रिलिज हुने र दर्शकले निशुल्क चलचित्र हेर्न पाउने बताइएको छ ।

सुशान्तको निधनपश्चात उनको योजनाको बिषयमा पनि विभिन्न खालका खबर सार्वजनिक भैरहेका थिए । सुशान्तको निधन भएको करिब २ सातापछि उनका पिताले उनी बिहेको तयारीमा रहेको बताएका छन् ।

भारतीय मिडियासँग कुरा गर्दै सुशान्तका पिताले सन् २०२१ को सुरुवातमै सुशान्तले बिहेको तयारी गरेको बताएका छन् । उनले भनेका छन्–‘सुशान्तले चलचित्र रिलिज भएपछि बिहे गर्ने बताएका थिए । तर, उनले यूवतीको नाम भने मलाई भनेका थिएनन् ।’सुशान्तको प्रेम रिया चक्रवर्तीसँग चलिरहेको थियो । सुशान्तले पछिल्लो समयमा निकै कम कुराकानी गर्ने गरेको पनि उनका पिताले बताएका छन् ।

प्रतिकृया दिनुहोस्