हाम्रो देश
५ कार्तिक २०७७, बुधवार

सियोना श्रेष्ठको उपचारका लागि २५ करोड लाग्ने, उपचारको लागि अमेरिका नै जानुपर्ने !

काठमाडौं, १२ असार । बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगसँग लडिरहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने उनकी आमा एलिना गुरुङले बताएकी छन् ।

उनका अनुसार आफ्नो छोरी सियोनाको उपचारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको तर, अमेरिकामा मात्रै सम्भव भएको सियोनाका आमा एलिनाले जानकारी गराएकी छन्। छोरी सियोनाको उपचारको लागि तत्काल पैसाको जोहो गर्नुपर्ने बाध्यता श्रेष्ठ दम्पतीमाथि थपिएको छ ।

यस रोगको उपचार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । अब १ वर्षभित्र उक्त रोगको उपचार सुरु गरिसक्नुपर्ने सियोनाकी आमा–बुबाको भनाइ छ । छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जोहो गर्न सम्भव नभएको उनीहरुको गुनासो छ । हालसम्म ३ करोड रुपैयाँ जम्मा भइसकेको पनि उनीहरुले जानकारी गराएका छन् ।

यसैक्रममा सियोनाको उपचारको लागि सहयोगी हातहरुलाई सहयोगको अपील पनि गरिएको छ। जसको लागि सियोना श्रेष्ठको आफ्नै खाता नम्बर ‘सियोना श्रेष्ठ, २०६५००००००३१५२४, बैंक अफ काठमाण्डु लिमिटेड, परासी ब्राञ्चमा सहयोग गर्न अपील गरिएको छ । साथै, सियोना श्रेष्ठकी बुबा सन्दीप श्रेष्ठलाई ९८४७२०६४६६ मा सीधा सम्पर्क गर्न सकिने छ ।

स्पाइनल मस्कुलर एट्रोफी कस्तो रोग हो ? बरिष्ठ बाल रोग विशेषज्ञा डा.सन्दीप श्रेष्ठका अनुसार स्पाइनल मस्कुलर एट्रोफी एक प्रकारको जेनेटिक रोग हो । विशेष गरी यस रोगले बच्चाहरुको नशा र मासु सुकाउने रोग हो। बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठले भने, ‘सरल भाषामा भन्नुपर्दा चाँहि यसले बच्चाको शरीरलाई चलाउने मांसपेशी हुन्छ त्यो चाँही सुक्दै जान्छ। त्यसैले यसको प्रारम्भिक लक्षण भनेको बच्चाले समयमा टाउको टेक्न नसक्ने, बस्न नसक्ने, हिँड्न नसक्ने, बढ्दै गएपछि बच्चा लाई खाना खान गाह्रो हुने, खाँदा पनि सर्किने र विस्तारै सास फेर्न पनि गाह्रो हुने हुन्छ ।’ भिडीयो

प्रतिकृया दिनुहोस्