हाम्रो देश
१० जेष्ठ २०७९, मङ्गलवार

कुवेत र भारतबाट आएका थिए रसुवामा भेटिएका ९ संक्रमित

काठमाडौं । शनिबार रसुवामा पनि कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालका सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

रसुवामा भेटिएका संक्रमित मध्ये ७ जना कुवेतबाट आएका थिए । दुई जना भने भारतबाट आएका हुन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले अनलाइनखबरसँग भनिन्, ‘उहाँहरु क्वारेन्टिनमा नै हुनुहुन्छ ।’