हाम्रो देश
१४ कार्तिक २०७७, शुक्रवार

पहिरोले घर पुरिंदा एक जनाको ज्यान गयो

स्याङ्जा – अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गएको छ । पहिरोमा परेर गल्याङ नगरपालिका-९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको वडाध्यक्ष हरी खनालले जानकारी दिनुभयो ।

राति ३ बजेतिर घर माथिबाट आएको पहिरोमा परेर उहाँकी श्रीमती घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि पाल्पा लगिएको छ । ३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्