हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

दिल्लीमा अत्यधिक सलह देखिएपछि हाई एलर्ट घोषणा

एजेन्सी, १४ असार । दिल्लीको गुडगाँउमा व्यापक मात्रामा सलह देखिएको छ । त्यस कारण उक्त क्षेत्रलाई सरकारद्वारा हाई एर्लटमा राखिएको छ।
गुडगाँउमा पहिलो पटक यस्तो प्रकारको दृश्य देखिएको हो ।

आकाशमा व्यापक मात्रामा देखिएको सलहको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । भारतलाई दशकौँ पछि सलहले आक्रमण गरेको जनाइएको छ । अफ्रिकी देशबाट सुरु भएको सलहले भारतको थूप्रै राज्यमा रहेको अन्न बाली नष्ट गरेको छ ।

सलहलाई भगाउन त्यँहाका बासिन्दाहरुलाई विभिन्न सामाग्रीद्वारा ठूलो आवाज घरबाट निकाल्न आग्रह गरेका छन् । सलहको नियन्त्रण नभए यसले सम्पूर्ण अन्नबाली नष्ट गर्न सक्ने छ । यस्ता प्रकारको सलहहरु सन् २०१८-१९ मा पूर्वी अफिका, मध्ये पूर्वी र दक्षिण एसियामा देखिएको थियो ।