हाम्रो देश
४ कार्तिक २०७७, मङ्गलवार

डडेल्धुरामा सडेको अवस्थामा दुई शव भेटिए

डडेल्धुरा : डडेल्धुरामा दुई बेवारिसे शव फेला परेका छन्। शनिबार जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको किनारमा दुई वटा शव सडेको अवस्थामा भेटिएका हुन्।

शव सडेको अवस्थामा फेला परेकाले पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। शव महाकाली किनारमा फेला परेकाले बगेर आएको हुन सक्ने आशंका प्रहरीको छ। फेला परेको शव कसको । कताबाट वगेर आए भन्ने जानकारी पाउन सकिएको छैन ।

‘शव निकै सडे गलेका अवस्थामा फेला परेकाले पहिचान मा समश्या भएको छ ।’ प्रहरी नायब उपरीक्षक न्यौपानेले भने ‘हामीले सनाखतका लागि बैतडी र दार्चुला प्रशासनमा जानकारी गराएका छौं ।’ ‘डडेल्धुराकै रुपाल, बैतडी र दार्चुलाबाट केही दिनअघि कोही मान्छेहरु हराएका छन कि भनेर बुझ्नलाई प्रशासनमा जानकारी गराएको उनले बताए।

प्रतिकृया दिनुहोस्