हाम्रो देश
१२ माघ २०७७, सोमवार

मेडिकल कलेज कोहलपुरबाट संक्रमित सुत्केरी महिला निको भई बच्चासहित डिस्चार्ज

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट शनिबार एक कोरोना संक्रमित सुत्केरी महिला कोरोनाबाट मुक्त भइ आफ्नो बच्चासहित डिस्चार्ज भएकी छिन ।

कपिलवस्तु कृष्णनगर निवासी कोरोना संक्रमित २७ वर्षीया सुत्केरी महिला कोरोना संक्रमणबाट मुक्त भइ आफ्नो बच्चासहित शनिबार डिस्चार्ज भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।

आमा र बच्चा दुबैको दोश्रो पटक कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज डिस्चार्ज गरिएको डाक्टर श्रेष्ठले जानकारी दिए ।
३८ हप्ताकी कोरोना संक्रमित गर्भवती ती महिलाको असार ६ गते सफल सल्यक्रिया गरिएको थियो ।

शल्यक्रियामार्फत बच्चा जन्माएकी ती महिलाको स्वाबको नमुना पिसिआर परीक्षण गर्दा रिपोट नेगेटिभ आएपछि उनलाई कोभिड वार्डबाट असार १० गतेदेखि आइसोलेसन वार्डमा सारिएको थियो । आज ती महिला र बच्चाको दोश्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

उनी कपिलवस्तुको भीम अस्पताल सिद्धार्थनगर रुपन्देहीबाट रिफर भई थप उपचारकालागि शिक्षण अस्पताल कोहलपुरमा असार ५ गते भर्ना भएकी थिइन् । -काचुली खबर

प्रतिकृया दिनुहोस्