हाम्रो देश
१४ कार्तिक २०७७, शुक्रवार

क्‍वारेन्टाइनका ४५ वर्षीय पुरुषको मृत्यु

काठमाडौं : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीको क्वारेन्टाइनमा रहेका एक ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ।

शनिबार राति करिब १२ बजे उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारकै क्रममा उनको विहान साढे ५ बजेको समयमा मृत्यु भएको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए।

बर्दघाट २ चिसापानीकै ति पुरुष यही असार १२ गते मात्र भारतबाट आएर चिसापानी दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका थिए। उनी प्रेसर र प्यारलाइसिसका बिरामी रहेका ज्ञवालीले बताए।

उनको कोरोना भाइरसको परिक्षण गर्ने तयारी गरिएको ज्ञवालीले बताए। परिक्षणको नतिजापछि मात्रै उनको कोरोनाका कारण मृत्यु भएको वा हैन थाहा हुने ज्ञवालीको भनाई छ।

प्रतिकृया दिनुहोस्