हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

खोटाङमा पनि देखियाे सलह

खोटाङ – खोटाङका विभिन्न ठाउँमा सलह किरा देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न ठाउँमा सलह देखिएकाे हाे ।

वर्षा भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानको माल्खुमा रहेकाे एउटा घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको बैंक चोकका एक पसल, सरस्वती माविकाे भित्तामा पनि केही सलह किरा फेला परेको छ । बैंक चोकमा भेटिएको सलह किरा स्थानीयले पहिचानकाे लागि लिएर आएको नगरपालिकाका कृषि शाखाका कृषि प्रशासकीय अधिकृत धर्मेन्द्र कलौनीले बताउनुभयो । झुण्डमा देखिनुपर्ने सलह एक/दुई वटा मात्र देखिएको विषयमा अध्ययन भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ।