हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

नहर भत्किँदा बावु-छोराको मृत्यु

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकामा आइतबार राती अविरल वर्षासँगै नहर भत्किँदा २ जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन्। नौगाड्को ४ होपरिमा नहर भत्किएर घरमा खस्दा स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृतक चन्द्र सिंह महताकी श्रीमती चनमती महतालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।नहर भत्किएर पहिरो खस्दा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनास्थलमा प्रहरी पुगेको र उद्धार कार्य भएरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एबं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताए ।