हाम्रो देश
१३ कार्तिक २०७७, बिहिवार

बाँकेबाट आज थप ५ जना डिस्चार्ज हुँदै, आइसोलेसनमा अब ३३ जना बाँकी

बाँकेका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट सोमबार थप ५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइ घर जादैछन । आदर्शनगर आइसोलेसन सेन्टरबाट खजुरा ४ का ३ जना, सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट खजुरा ४ कै १ जना र आइसोलेसन सेन्टरबाट खजुराबाट नेपालगन्ज १४ का १ गरी आज ५ जना डिस्चार्ज भइ घर जान लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ५२ पुगेको छ । जसमध्ये, २ जनाको मृत्यु भइसकेको छ भने आइसोलेसनमा अब ३३ जनाले मात्र स्वास्थ्य उपचार गरिरहेका छन भने बाँकी सबै निको भएर घर फर्केको स्वास्थ्य कार्यालयले जनाएको छ । kanchulikhabar.com

प्रतिकृया दिनुहोस्