हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

भारतसँग विवाद सल्टिएपछि चीनसँग वार्ता गर्छौँ : मन्त्री ज्ञवाली

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा विवाद नरेको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । ज्ञवालीले यसअघि पनि विज्ञप्ति जारी गर्दै छिमेकी चीनसँग विवाद नरहेको जनाएका थिए ।

चीनले विभिन्न सीमा क्षेत्रमा सीमा मिचेको भन्दै प्रतिनिधिसभामा प्रश्न उठिरहेका बेला मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । उनले सीमा विवाद र राष्ट्रिय सुरक्षाको सवालमा तथ्यमा आधारित रहेका मात्रै समाचार सम्प्रेषण गर्न पनि मिडियालाई आग्रह गरेका थिए ।

मन्त्री ज्ञवालीले भारतसँगको विवाद सुल्झिएपछि पश्चिमतर्फको भूभागमा त्रिदेशीय विन्दु तयार गरिने पनि बताएका छन् । साथै चीनसँग स्थगित रहेको प्रोटोकल वार्ता पनि छिट्टै गरिने उनको भनाइ छ । चीनसँग २०१२ देखि प्रोटोकल वार्ता रोकिएको छ ।