हाम्रो देश
११ माघ २०७७, आइतवार

भारतप्रति आक्रोशित स्थानीय, भत्काए गण्डक नहर

काठमाडौं : पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ ।

नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्थानीय आक्रोशित छन् ।

लगातार तीन दिनदेखि वर्षा भएकाले गाउँमा बाढी आएको थियो । बुधबार झिसमिसेमा सबै मिलेर कोदालो र गैंचीले नहरको उत्तरी डिल भत्काइदिएको स्थानीय रामु न्यौपानेले बताए ।

बाढीको पानी नहरबाट निकास भएपछि जोखिम घटेको उनको भनाइ छ । यो समाचार नारायण शर्माले कान्तिपुर दैनिकमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस्