हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

भारतमा एकैदिन थपिए ५८ हजार बढी संक्रमित

काठमाडौं : छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण बढदो क्रममा देखिएको छ । हिजो एकै दिन भारतमा ५८ हजार एक सय आठ जना संक्रमित थपिएका छन । एकै दिन ९ सय ६१ जनाको मृत्यु भएको छ । भारतमा संक्रमतिको संख्या २६ लाख ४७ हजार ३ सय १६ पुगेको छ । तिमध्ये ६ लाख ७८ हजार भन्दा बढी सक्रिय संक्रमित छन् ।

अहिलेसम्म संक्रमणबाट भारतमा ५१ हजार ४५ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार १ सय २८ पुगेको छ । ५५ लाख ६६ हजार ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

ब्राजिलमा १ लाख ७ हजार ८ सय ७९ जनाको मृत्यु भइसकेको छ भने ३३ लाख ४० हजार १ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । मेक्सिकोमा ५६ हजार ७ हजार ५७, कोलम्बियामा १५ हजार ९७ र रुसमा १५ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ७२ हजार ७ सय ५१ पुगेको छ । २ करोड १८ लाख १७ हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिमध्ये १ करोड ४५ लाख ५३ हजार २ सय ५ जना निको भइसकेका छन । संक्रमितमध्ये ६४ हजार ४ सय ८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।