हाम्रो देश
१० माघ २०७७, शनिवार

संक्रमणबाट काठमाडौंमा पूर्व न्यायाधीशको मृत्यु

काठमाडौं : कोभिड -१९ संक्रमणबाट काठमाडौंमा एक पूर्व न्यायाधीशको मृत्यु भएको छ। उनको लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको मृत्यु भएको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए। उनी ७० वर्षका थिए।

‘उनि पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना भएका थिए । ‘उपचारकै क्रममा उहाँमा कोरोना भाइरस देखिएको हो।’

उनको शवलाई अब नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।

प्रतिकृया दिनुहोस्