हाम्रो देश
८ बैशाख २०७८, बुधवार

सुशान्त सिंह हत्या प्रकरणः एनसीबीद्वारा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

एजेन्सी । सुशान्त सिंह आत्महत्या प्रकरणमा मुछिएकी बलिउड नायिका रिया चक्रवर्तीलाई भारतीय नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले प्रक्राउ गरेको छ । उनलाई मंलबार ब्यूरोले पक्राउ गरेको हो ।

सुशान्तसिंह राजपुत हत्या प्रकरण ड्रग्ससंग जोछिएपछि एनसीबी छानवीन सुरु गरेको थियो । पक्राउ परेकी रियाको मेडिकल र कोरोना टेस्ट गरिने जनाइएको छ । एनसीबीले छानवीन सुरु गरेको तेस्रा दिनमा रियालाई पक्राउ गर्न अनुमति पाएको हो । एनसीबीले उनको मोबाइल रेकर्ड र अन्य उपकरणमा ड्रग्स सम्बन्धी कुराकानीलाई आधार मान्दै उनलाई पक्राउ गरेको छ । अदालतले उक्त विषयको थप छानवीन गर्न आदेश दिएको छ ।-Photo: Agency

प्रतिकृया दिनुहोस्