हाम्रो देश
१४ माघ २०७७, बुधवार

प्रचण्डद्वारा सहिद सुरेश वाग्लेप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेलप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा पुगेर प्रचण्डले मंगलबार बिहान वाग्ले र पोखरेलको तस्बिरमा श्रद्धासुमन अर्पण गरेका हुन् । प्रचण्डसँगै अन्य नेता कार्यकर्तापनि वाग्ले र पोखरेललाई श्रद्धासुमन व्यक्त गर्न पार्टी कार्यालय पुगेका थिए ।

माओवादी जनयुद्धका क्रममा उच्च शहादत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तत्कालिन वैकल्पिक पोलिटब्यूरो सदस्य सुरेश वाग्ले (वासु) ले २०५६ साल भदौ २३ गते साहदत प्राप्त गरेका थिए ।
उनको जन्म गोरखाको आँपपीपल गा.वि.स.–५ स्थित रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भाद्र २४ गते बुधबार भएको थियो ।

गरीब किसान परिवारमा जन्मिएका सुरेश बाल्यावस्थामा भौतिक रुपमा अत्यन्तै कमजोर तर कुशाग्रबुद्धिका रहेको जानकारहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्