हाम्रो देश
१५ माघ २०७७, बिहिवार

उपत्यकामा निषेधाज्ञा खुल्ने !

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ । बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । यसअघिको निर्णयले बुधबार राति १२ बजेसम्म निषेधाज्ञा रहने थियो ।

बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न दिने तयारी गरेको हो। उपत्यकामा यातायात जोर बिजोर लागु गरिने व्यवसय सञ्चालन गर्न दिने लगायतको तयारी गरिएको हो । यो सम्वन्धमा औपचारिक निर्णय हुन बाँँकी रहको जिल्ला प्रशासन कार्यालय काठमाडौले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्