हाम्रो देश
१४ माघ २०७७, बुधवार

भिम आचार्यकाे घुस काण्ड, यसरी भएकाे रहेछ १५ लाखकाे बार्गेनिङ (अडियाे सहित)

काठमाडाैँ । राजनितीक दलका नेता तथा कर्मचारीहरुको एकाएक घुस काण्ड पर्दाफास भईरहेका बेला नेकपाका केन्द्रीय नेतालेनै घुस मागको अर्को काण्ड बाहिर आएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनका बेला तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले मोरङको मिक्लाजुङ गाऊँपालिकाका अध्यक्षका आकाक्षी भेषराज काफ्लेसँग टिकट मिलाईददिने भन्दै घुस मागेकाे कुरा पर्दाफास भएकाे छ ।

श्रेष्ठले तत्कालिन एमालेका नेता तथा प्रदेश इन्चार्ज भिम आचार्यले पैसा माग्न लगाएको भन्दै आकांक्षीसँग टिकटका लागि १५ लाख माग गरेको अडीयो सार्वजनिक भएको छ । अडीयोमा इन्चार्ज आचार्यले २१ लाख मागेको तर आफुले १५ लाखसम्म मिलाउने भन्दै श्रेष्ठले रकम माग गरेका छन् । काफ्लेले पहिल्यैदेखि टिकट मिलाइदिन आग्रह गरिरहेकाले श्रेष्ठले पैसाको प्रस्ताव गरेका थिए ।

श्रेष्ठले अरु आकांक्षीहरु देवीप्रसाद आचार्य, डिल्ली अधिकारी र नरेन्द्र ढुङ्गेललाई देखाउनुपर्ने भएको भन्दै काफ्लेलाई जसरी पनि १५ लाख खोज्नुपर्ने, बरु त्यसका लागि आफूले सघाउने वचन दिएका थिए । हाल नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज भीम आचार्यले टिकटका लागि पैसा मागेका रहेछन् भन्ने खुलासा भएको छ । पछि काफ्लेले पैसा नदिने भएपछि देवीप्रसाद आचार्यले टिकट पाउनुभएकाे थियाे । हाल उहाँ आचार्य मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ ।

अडियाे साैजन्य Nepal live

प्रतिकृया दिनुहोस्