हाम्रो देश
१४ माघ २०७७, बुधवार

घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइ‌ओ मा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी भएको छ ।

बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा घिसिङलाई पुनःनियुक्तिका लागि मन्त्रालयले प्रस्ताव लैजाने भएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले समेत घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने बताउदै आएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने यसको विपक्षमा रहेका छन् ।

यस बाहेक प्राधिकरणमा नयाँ व्यक्ति ल्याउन खुला प्रतिस्पर्धा गर्नुपर्ने विनियमावलीको व्यवस्था रहेको खबर आजको समाचापत्रले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्