हाम्रो देश
७ माघ २०७७, बुधवार

सावित्रा कृषि फम ले बार्षिक २० लाख रुपैयाँ सम्म आमदानी गर्ने सफल

माेरङ : माेरङकाे रंगेली नगरपालिका ८ स्थित दर्वेशा चाेक नजिकैमा रहेको साबित्रा कृषि फर्मले खसी बाख्रा उत्पादन गर्ने थालेपछि को कारोबारमा वृद्धि हुन थालेको छ । पूर्वी क्षेत्रको ग्रामीण भेगमा रहेर समेत अहिले उक्त कृषि फम मार्फत मनग्ये आम्दानी लिन सफल भएकाेे छ । पछिल्लो समयमा गाउँ घरका युवा हरु वैदेशिक राेजगारि लाई निरन्तरता दिन थालेपछि गाउँमै बसेर केही गर्ने सकिन्छ भन्ने राम्रो उदाहरण बनेका छन ।

 

सावित्रा कृषि फम अहिले वेयर जातका खसी बाख्रा तथा पाठा पाठि काे उत्पादन लाई निरन्तरता दिईरहेका छन । स्थानीय काे मागलाई उक्त जातका खसी बाख्रा खरिद बिक्री का लागि सिन्धुली , स्याङ्जा , सुर्खेत लगायतका स्थान हरु बाट भए पनि आफुहरु ले माग आपूर्ति लाई सहज बनाउन सफल भएकाेे फम सन्चालक फडिन्द्र सुवेदी ले बताए ।

 

पछिल्लो समयमा उन्नत जातका खसी बाख्राको माग बडन थाले पछि उत्पादन गर्ने आफू ले लागि परेको समेत उनलेे बताए । २०७० सालमा स्थापना भएको फमले ५० हजार रुपैयाँ काे लगानीमा २ बाट बाख्रा सुरु गरेेेका सुवेदीले अहिले २ सय बाट उन्नत जात का बाख्रा पालन गरिरहेका छन । उनले उक्त खसी बाख्रा का लाागि ४ बिधा खेतमा उन्ननत जातका धास समेत लगाए का छन ।

 

केही महिना अगाडि देखि खसी काे समेत माग आउन थालेपछि उनलेे पाठा पाठि उत्पादन गर्नुका साथै मासुका लागि खसी समेत उत्पादन गर्ने थालेका हुन । अहिले उनलेे ३ महिना काे एउटा पाठिकाे मुल्य न्युनतम २० हजार प्रति गाेटा मा बिक्री गर्ने गरेको र खसि केजि ५ सय ५० रुपैयाँ प्रति किलाे का दरले बिक्रीवितरण गरेको उनलेे बताए ।

 

वैदेशिक राेजगारी का लागि कतार पुगेर काम गरिरहेका दुई छाेरा लाई समेत अहिले आफ्नै व्यवसायमा लाग्न का लागि आफुले बाख्रा पालनमा लागेको र दुवै छाेरा लाई बिदेशि भुमामा काम गर्नु भन्दा पनि आफ्नै देशमा केही गराै भन्ने उदेश्य ले आफुले याे व्यवसाय सुरु गरेको बुवा फडिन्द्र ले बताए ।

 

उनका छाेेेेरा रमेेश ले भने आफू समेत ५ बर्ष खाडि मुलुक पुगेर पसिना बगाएकाे र त्यहाँ भन्दा आफ्नै देशमा समेत केही गर्ने सकिन्छ भन्ने बिश्वास का साथ आफू समेत अब बुबा काे पेशामा लागेको उनलेे बताए । अहिले बार्षिक आफू हरुले सम्पुर्ण खर्च काटेर बार्षिक १५ लाख देखि २० लाख रुपैयाँ सम्म आमदानी हुने गरेको उनलेे बताए ।सुवेदीले केही महिना अगाडि तीन महिनामै २२
किलोको खसी उत्पादन गरेर सबैलाई आश्चर्य चकित समेत पारेका थिए ।

प्रतिकृया दिनुहोस्