हाम्रो देश
६ माघ २०७७, मङ्गलवार

कोरोना संक्रमणबाट ४० वर्षीया महिलाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहीबार साँझ उनको मृत्यु भएको केन्द्रका प्रमुख डा दीपक सिग्देलले जानकारी दिए ।

मृतक महिला महिलामा उच्च रक्तचाप, हाइपोथाइराडिज्म, मोटोपना लगायतका स्वास्थ्य सम्बन्धी समस्या रहेको थियो ।

मृतक महिलालाई ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने लगायतका समस्या देखिएपछि विहिबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्