हाम्रो देश
९ माघ २०७७, शुक्रवार

भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचाररत् संक्रमित पुरुषको मृत्यु

भरतपुर : भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

चितवनको राप्ती नगरपालिका–५ बस्ने ६१ वर्षीय पुरुषको साँझ ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई २५ गते उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । निमोनियासमेत देखिएका उनको उपचारमा सक्दाे प्रयास गर्दागर्दै निधन भएको पौडेलले बताए।

याेसँगै कोरोना संक्रमणबाट चितवनमा १४ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्