हाम्रो देश
१५ माघ २०७७, बिहिवार

३५ लाखमा कछुवा बेच्न खोज्ने पाँचजना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौँको कंलकीस्थित मकालु पेट्रोल पम्प नजिकैबाट कछुवासहित ५ जनालाई पक्राउ गरेको । ३५ लाखमा बेच्ने योजनासहित उनीहरु एउटा कछुवा बोकेर चितवनबाट आएका थिए ।

शनिबार बिहान महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा सुर्खेत जिल्लाका २५ वर्षीय सर्वराज बुढा, नुुवाकोटका १८ वर्षीय सुुरेन्द्र श्रेष्ठ, काभ्रेका २७ वर्षीय सन्तोष रम्तेल, रौतहटका १८ वर्षीय रुपेश तिमल्सिना र नुवाकोटका १९ वर्षीय प्रमोद बाँस्कोटा छन् ।

अभियुक्तलाई हिरासतमा राखेर कारबाही अघि बढाइएको महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए । कछुवालगायत वन्यजन्तुको अवैध तस्करी गर्नेमाथि वन्युजन्तु ऐनअनुसार काबाही हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्