हाम्रो देश
१० माघ २०७७, शनिवार

उमेश थापाको दलाल माफियालाई कडा चेतावनी

काठमाडौं अनेरास्ववियु सिटिभिटि रास्ट्रिय कमिटीका अध्यक्ष उमेश थापाले सिटिभिटि भित्रका दलाल माफिया लाई कडा चेतावनी दिएका छन ।  Covid-19 को कारणले नेपाल मात्रै नभएर विश्व जगत नै आक्रान्त भैरहेको अवस्था छ। यसका कारण देशको अर्थतन्त्र देखि लिएर सम्पुर्ण क्षेत्रहरु मा यसले क्षति पुर्याएको छ।

शिक्षा क्षेत्रमा यसको असर झन् बढता रुपले देखा परेको छ। बिश्वबिद्धालय का बार्शिक क्यालेन्डर हरु अस्तव्यस्त भएका छन, जसले गर्दा बिद्यार्थी र अभिभावक एकदमै चिन्तित छन।यस्तो विषम परिस्थितिमा CTEVT भित्रका केही संस्था का संचालक हरु ले परिस्थिति को गाम्भिर्यता नबुझिकिन धमिलो पानीमा माछा मार्ने प्रयत्न गरिरहेका छन।

ती संचालक भनाउदा हरु आफुलाइ दलाल, माफिया र तस्कर अनि कमिसन खोरिको रूपमा आफुलाइ परिचित गराउदै छन् ।यिनिहरु कहिले पनि गरिब जनता निमुखा को छोराछोरी को पक्षमा अनि गुणस्तरिय शिक्षाको पक्षमा कहिल्यै ,कहिँ कतै उभिदैनन भन्ने हाम्रो ठम्याइ छ।

आज विषम परिस्थितिले गर्दा १ बर्ष को कोर्स ५ महीना भन्दा अगाडि बढन सकिरहेको छैन ,यसका कारणले विद्यार्थी र अभिभावक त मर्कामा परे परे तर उल्टो यस्तो अवस्थामा पनि ती निचहरु लुटनका निम्ति प्रतिनिधित्व गर्ने शैक्षिक संस्थाका माफियाहरु ले एक बर्षको पैसा त खाए खाए फेरि अर्को बर्ष मा अध्ध्यन गर्न नपाई १५ दिनको सूचना निकाली दोस्रो बर्षको फि माग्ने र समय अबधी भित्र न तिरेमा १५% जरिवाना लिनेर र पढाइ रोकिदिन्छु भनेर विद्यार्थी र अभिभावक लाई बारम्बार धम्क्याउने गरेको हामीले प्रमाण सहित फेला पारेका छौँ ।

 

पोखराको मणिपाल नर्सिङ क्याम्पस लगाएत अन्य विभिन्न क्याम्पसहरुले त्यस्ता हर्कत गरेको प्रमाण आएको हुनाले अनेरास्ववियु CTEVT राष्ट्रिय कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ।

त्यस्ता हर्कत लाई तत्काल रोक्नका निम्ति आव्हान गर्दै ,फेरि अटेर गरेको पाइएमा अनेरास्ववियु विद्यार्थीको पक्षमा उभिदै जस्तोसुकै कदम चाल्न पनि तयार हुनेछ र त्यस्तो परिस्थितिको जिम्मेवार स्वयं तपाईंहरु नै हुनुहुनेछ। CTEVT अन्तर्गतका नेता साथीहरूलाई पुर्ण रूपमा आफू नजीकका क्याम्पसहरुमा अनुगमन गरि यो अभियानमा लाग्नका निम्ति आव्हान गर्दछ।

प्रतिकृया दिनुहोस्