हाम्रो देश
११ कार्तिक २०७७, मङ्गलवार

काठमाडौं उपत्यकामा थप १४०३ जनामा संक्रमण पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी १४०३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ जनाको पीसीआर भएकामा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्