हाम्रो देश
४ कार्तिक २०७७, मङ्गलवार

सरकारले कोरोना बीमा गरेकाहरुको नि:शुल्क उपचार नगर्ने

काठमाडौं : सरकारले कोरोना बीमा गरेकाहरुको निःशुल्क उपचार नगर्ने भएको बताएको छ । संक्रमित व्यक्तिले कोरोना बीमा गरेको भए खर्च बीमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने बिहीबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गरिने पनि सरकारले जनाएको छ ।

सरकारले जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र जोखिम क्षेत्रमा कार्यरतमा कर्मचारीमा लक्षण देखिए मात्रै निःशुल्क परीक्षण गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्