हाम्रो देश
१५ माघ २०७७, बिहिवार

लमजुङमा कक्षा ११ को परीक्षा हुने

लमजुङ : लमजुङमा सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार लमजुङका विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्न लागेका हुन् । कार्यविधि अनुसार परीक्षा तालिका सार्वजनिक गरेर लमजुङका अधिकांश विद्यालयहरुले परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् ।

बेसीशहर नगरपालिका २ भकुण्डेमा रहेको बालकल्याण माविले पनि कात्तिक २३ गतेबाट कक्षा ११ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको विद्यालयका प्रधानाध्यापक तिर्थ न्यौपानेले जानकारी दिए ।

विद्यालयका शिक्षकमा कोरोना नदेखिएका विद्यालयले परीक्षा सञ्चालन गर्ने भएका हुन् । जिल्लाका अधिकांश विद्यालयहरुले कात्तिक २३ गतेबाट परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेका छन् । बेसीशहरमा रहेको जनविकास माविले पनि फोन र सामाजिक सञ्चालमार्फत विद्यार्थीलाई परीक्षामा सहभागी हुन आग्रह गरेको छ ।

महामारीको सन्त्राससँगै कक्षा ११ को परीक्षा दिन विद्यालयमा पुग्ने विद्यार्थीलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराइने मस्र्याङ्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबाबु थापाले बताए । उनले भने ‘कात्तिक २३ गतेदेखि कक्षा ११ को परीक्षा सञ्चालन हुने भएकाले सबै विद्यार्थीलाई परीक्षाबारे जानकारी गराइएको छ ।’

प्रतिकृया दिनुहोस्