हाम्रो देश
५ माघ २०७७, सोमवार

प्रधानमन्त्रीमाथि खतरा कारबाही गर्ने तयारी भइरहेको छ : गोकुल बाँस्कोटा

काठमाडौं । पूर्वमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोकुल बाँसकोटाले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीमाथि ‘खतरा’ कारबाहीको तयारी भइरहेको बताएका छन् ।

नेकपाका प्रथम अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई साताभित्र पानी पनि पिउन नपाउने गरी कारबाहीको कुनै तयारी भएको संकेत आफूले पाएको भन्दै उनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक र टिवटरमा एकैपटक लेखेका छन्, ‘जिम्बालबाका छिमेकीले भनेको दुई साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे ! भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’

प्रधानमन्त्री ओलीले पार्टी र सरकार प्रभावकारी ढंगबाट सञ्चालन नगरेको भन्दै पार्टीभित्रैबाट आलोचना र विवादहरु खडा भइरहेका बेला बाँस्कोटाको उक्त संकेतले नेपाली राजनीतिमा नयाँ तरंग सृजना गरेको छ ।

यद्यपि उनले पाएको त्यो संकेत आफूलाई भने विश्वास नलागेको बाँस्कोटाले स्पष्ट पारेका छन् ।

तर, पार्टीभित्र देखिएको चरम विवाद, पछिल्लो समय अन्तर्राष्ट्रिय शक्तिको प्रत्यक्ष/परोक्ष उपस्थितिका कारण भने देशमा कुनै दुर्घटना नहोला भन्न सकिने अवस्था भने छैन ।

प्रतिकृया दिनुहोस्