हाम्रो देश
१२ मङ्सिर २०७७, शुक्रवार

अमेरिकामा एकैदिन १.३६ लाख कोरोना संक्रमित थपिए, न्यूयोर्कमा पुनः प्रतिबन्ध; चीनमा १५ नयाँ संक्रमित

काठमाडौं : अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या असाध्यै तीब्र गतीमा बढिरहेको छ । बुधबार संक्रमितको संख्यामा नयाँ रेकर्ड स्थापित भएको छ । यहाँ एकैदिन एक लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, चीनमा केही दिनको राहतपछि बिहिबार पुनः १५ नयाँ संक्रमित भेटिएका छन् ।

न्यूयोर्कमा प्रतिबन्धः

अमेरिकामा एकैदिन १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । यहाँ कूल बिरामीको संख्या केही दिन अघि मात्रै एक करोड पार गरेको थियो । यहाँ पछिल्लो १० दिनदेखि हरेक दिन एक लाख बढी संक्रमित थपिने गरेका छन् ।

यसैबीच न्यूयोर्कका गर्भनर एन्ड्रू कूमोले राज्यमा नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । कूमोले भने, ‘यसो नगरी हामी संक्रमणलाई कम गर्न सक्दैनौं । अब यहाँ नीजि पार्टी गर्न मनाहि छ । व्यापारको लागि पनि नयाँ दिशानिर्देश जारी गर्न सकिनेछ । ’

न्यूयोर्कमा मात्रै बिहिबार १,६२८ संक्रमित भेटिए भने २१ जनाको मृत्यु भयो ।

इटलीमा पनि राहत छैनः

१० लाखभन्दा बढी संक्रमित भएको देशको सूचीमा इटली दशौं स्थानमा छ । हालसम्म यहाँ ४२ हजार ९ सय ५३ को मृत्यु भइसकेको छ । यहाँको सरकारको सबैभन्दा ठूलो समस्या भनेको यहाँका अस्पतालमा बेड छैनन् । हालत यस्तै रहे नयाँ बिरामीलाई छिमेकी देशको अस्पतालमा राख्नुपर्ने स्थिती सृजना हुनसक्ने बताइएको छ । यसबारे युरोपेली देशले गत महिना नै सम्झौता गरिसकेको छ । युरोपेली देशमा इटली पहिलो यस्तो देश हो जहाँ संक्रमण सबैभन्दा पहिले पुग्यो । डाक्टरले कडा कदम नउठाएको खण्डमा मृतकको आँकडा हरेक महिना १० हजारसम्म बढ्न सक्ने चेतावनी दिएका छन् ।

चीनमा भेटिए नयाँ संक्रमितः

चीनमा केही दिनको राहत पछि एकपटक पुनः नयाँ संक्रमित भेटिएका छन् । बुधबार यहाँ १५ नयाँ संक्रमित भेटिए । यसको एक दिन अघि अर्थात् मंगलबार १७ संक्रमित थपिएका थिए । सरकारको तर्फबाट जारी बयानमा संक्रमण देखिएका केही इलाकाको पहिचान गरिसकिएको र यहाँ प्रतिबन्ध लगाउन सकिने जानकारी दिइएको छ । यद्यपि, यसअघि परीक्षणको दायरा बढाइनेछ । चीनमा हालसम्म ८६ हजार २ सय ९९ संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस्