हाम्रो देश
७ माघ २०७७, बुधवार

२३औं वर्षमा मनकामना केबलकार, पूनः सञ्चालनमा आउँदै

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार २३औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेश गरेको सुखद् अवसरमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै सात महिनादेखि बन्द रहेको केबलकार छिट्टै नै सुरक्षाका सबै मापदण्डसहित खोल्ने तयारी भईरहेको कम्पनीले जनाएको छ ।

२२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केबलकारको यात्रा गरिसकेका छन् । केबलकारले स्ट्याण्डर्ड अपरेशन प्रोसिड्योरअनुसार निर्देशिका पालना कार्यान्वयनमा ल्याउने गरि स्थानीय तह र उद्योगी व्यवसायीस“ग समन्वय गरिरहेको जनाएको छ ।

पहिला स्थानीयको सुरक्षाका लागि समेत हामीले केबलकार नखोलिएको तर अहिले स्थानीय उद्योगी व्यवसायी पनि केबलकार खोल्ने खबरले उत्साहित भएकोले स्थानीय तहको स्वीकृतिमा केवलकार छिट्टै नै खुला गरिने कम्पनीले जनाएको छ ।

कोभिडपछिका दिनहरुमा केबलकारको टिकट अनलाइनमार्फत खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ । इ–सेवा मार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन पे मार्फत टिकट काउण्टरबाट टिकट लिन सक्नेछन् । सुगम देखि दुर्गम क्षेत्रसम्म इ–पे को पहु“च पुगिसकेको छ । नगद रहित कारोबार, यात्रु सेवा सहजता सँगै भिडभाड कम हुने कुरालाई मध्यनजर गर्दै हामीले यो व्यवस्था लागू गरेको मनकामना दर्शनले जनाएको छ ।

कम्पनीले यात्रु तथा आप्mनो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुख्य ढोकादेखि नै हेल्थ स्क्रिनिङको तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्ने कम्पनीले जनाएको छ । यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गर्ने जनाएको छ ।

कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरि छिट्टै नै पुनः सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले कुरिनटार स्टेशन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्ड समेत तयार समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्