हाम्रो देश
१२ माघ २०७७, सोमवार

अमेरिकीले सोमबारबाट कोरोना खोप लगाउन पाउने

काठमाडौं । अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । अमेरिकाले फाइजर/बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ ।

एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो ।

खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।

कोरोना महामारीबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित देश हो ।

प्रतिकृया दिनुहोस्