हाम्रो देश
१० माघ २०७७, शनिवार

कोरोनाभाइरसः अमेरिकामा एकैदिन ३६०० बढी मृत्युको नयाँ रेकर्ड

काठमाडौं : बुधबार अमेरिकामा कोरोनाका कारण ३६०० भन्दा बढीको मृत्यु भएको जोन होपकिन्स युनिभर्सिटीले बताएको छ ।

अमेरिकामा भ्याक्सिन प्रोग्राम सुरु भएसँगै एकपटक पुनः दैनिक मृत्युदरको रेकर्ड टुटेको छ ।

बुधबार अमेरिकामा करिब २ लाख ५० हजार कोरोना संक्रमित भेटिने गर्छन् ।

संक्रमितको नियन्त्रण र रोकथामको केन्द्र सीडीसीका अनुसार कोरोनाभाइरसका कारण हुने मृत्यु मुटुरोगका कारण हुने मृत्युभन्दा बढी भएको छ ।

यतिबेला अमेरिकामा कोरोनाका बिरामीका लागि अस्पतालमा बेडको कमी हुन थालेको छ भने अस्पतालमा कोरोनाका नयाँ बिरामी भर्ना गर्न समस्या भइरहेको छ ।

प्रतिकृया दिनुहोस्