कञ्चनपुर । कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भारतीय एसएसबीले गोली चलाउँदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकारीले जानकारी दिए ।