हाम्रो देश
१५ माघ २०७७, बिहिवार

प्रधानमन्त्री ओलीले ‘कपिल शर्मा शो’ लाई फ्लप गरे : बिना मगर

कञ्चनपुर । नेपाल सरकारका पूर्व खानेपानी मन्त्री बिना मगरले वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कपिल शर्मा शो’लाई फ्लप गरेको बताउनु भएको छ । बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर देशलाई दलदल धकेलेको आरोप लगाउदै उहाँले उखान टुक्काको भरमा देश नचल्ने बताउनुभयो ।

देशको अभिभावक जस्तो व्यक्तिले भारतको चर्चित कमेडी टेलिभिजन शो ‘कपिल शर्मा शो’ लाई फ्लप गरेझै गरी हरेक कुरामा कमेडी गर्न नहुने मन्त्री मगरको कथन छ । प्रधानमन्त्री ओलीले संविधानलाई कुगरेर समस्या निम्त्याएको समेत बताउनुभयो ।फरक प्रसंगमा नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र केन्द्रीय सदस्यको नाममा भर्ती केन्द्र बनाएको आरोप लगाउदै गुट र झुटको खेती गरेर प्रधानमन्त्री ओलीले लज्जास्पद र हास्यास्पद कार्य गरिरहेको जिकिर गर्नुभयो । हास्यव्यङ्ग्य तर्क दिदै सोसल मिडियामा भाइरल भइरहेका प्रधानमन्त्री ओलीले ‘कपिल शर्मा शो’ लाई समेत यतिबेला फ्लप गरिसकेको उहाँको ठहर छ ।

प्रधानमन्त्रीले संविधानमाथि कु।गरेर जहानिया राणा शासन लाद्न खोज्नु र तानाशाही प्रवृत्तिले देश हाक्न खोज्नु अलोकतान्त्रिक पद्धति भएको बताउँदै यस्ता घृणित कार्य नगर्न मन्त्री मगरले चेतावनी समेत दिनुभयो । आफू घरमा नबस्ने र घर कुरिरहेका घरमुलिलाई आधिकारिक त्यो होइन म नै हो भन्ने जस्ता कुतर्क गर्न नहुने र विधि पद्धतिमा बहुमतको कदर गरिनु पर्नेमा मन्त्री मगरको जोड छ ।

देशलाई दुर्घटना बाट बचाउनु पर्ने गम्भीर परिस्थितिमा पनि विभिन्न सामाजिक सञ्जालमा आलोचनात्मक र हास्य बिचार पोख्नु निन्दनीय कार्य भएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले संविधानलाई कुगरेकाले आम नागरिकलाई अब अन्योलमा नपरी सजग र सचेत रहन समेत आग्रह गर्नुभयो ।

साथै उहाँले नेपाली जनताको त्याग तपस्या संघर्ष र बलिदान बाट प्राप्त संघीयता खारेजीको कुरामा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीको पटकपटकको अतिरञ्जित गतिविधिले देश दुर्घटना तर्फ धकेलिन खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा बेलौरी नगरकमिटीका नेता कार्यकर्ता एवम् सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस्