एजेन्सी : अमेरिकाको हाउस अफ रेप्रिजेन्टेटिभकी प्रवक्ता तथा शीर्ष डेमोक्रेट नेता नेन्सी पेलोसीले एक पत्रकार सम्मेलनमा आफूसँग ट्रम्पका मन्त्रीमण्डलका सदस्यका लागि एक सन्देश भएको बताइन् ।
उनले भनिन्, ‘जे जति भयो तपाईंहरु त्यसलाई सही मान्नुहुन्छ ? के उनीहरुले अबको १३ दिनसम्म यी खतरनाक व्यक्तिले हाम्रो लोकतन्त्रलाई थप बढि खतरा पुर्याउन सक्छन् भनेर भन्नका लागि तयार हुनुहुन्छ ?’
पेलोसीका अनुसार डोनल्ड ट्रम्पको राजद्रोहयुक्त कामका कारण हाउसले उनीविरुद्ध महाभियोग चलाउन बाध्य हुनसक्ने बताएकी छिन् ।
उनले भनिन्, ‘१३ दिन मात्रै बाँकी छ तर कुनै पनि दिन भयावह हुनसक्छ ।’
उनका अनुसार डेमोक्रेट नेताले उनीसँग लगातार सम्पर्क गरिरहेका छन् र ट्रम्पलाई अफिसबाट हटाउने दोस्रो प्रयासबारे कुरा गरिरहेका छन् ।
स्मरण रहोस्, सन् २०१९ मा पनि ट्रम्पविरुद्ध महाभियोग चलाइएको थियो । उनीमाथि चुनाव पुनः जित्नका लागि युक्रेनसँग गलत तरिकाले मद्दत मागेको आरोप लागेको थियो । यदि उनीमाथि पुनः महाभियोग प्रक्रिया सुरु भयो भने उनी अमेरिकाका पहिलो राष्ट्रपति हुनेछन् जसले दुईपटक महाभियोगको सामना गर्नुपर्नेछ ।