हाम्रो देश
७ माघ २०७७, बुधवार

चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध

काठमाडौं : चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौति दिएको टिप्पणी चीनले गरेको छ ।

तीन दिने चीन भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षी वाङ यीले कश्मीर स्थितीलाई जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय गतिविधिको चीनले विरोध गर्ने बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्