हाम्रो देश
१७ फाल्गुन २०७७, सोमवार

करीनासँग बिहेको दिन सैफले अमृतालाई लेखेका थिए यस्तो चिठी

एजेन्सी : बलिउडको लोकप्रिय जोडी अभिनेत्री करीना कपूर खान र अभिनेता सैफ अली खानको विवाह भएको धेरै वर्ष भयो । करीना र सैफको एक छोरा छन् भने उनी हाल गर्भवती छिन् ।

सैफले करीनासँग दोस्रो विवाह गरेका हुन् । उनकी पहिलो श्रीमती अमृता सिंह ८० को दशककी चर्चित अभिनेत्री हुन् । अमृता र सैफका दुई जवान सन्तानहरु पनि छन् । जसमध्ये छोरी सारा खान बलिउडकी लोकप्रिय अभिनेत्रीको रुपमा परिचित भइसकेकी छिन् ।

अमृतासँग सम्बन्धविच्छेद गरेका सैफले करीनासँग विवाह गरेपछि उनीहरुको सम्बन्धका बारेमा निकै चर्चा पनि हुने गरेको छ ।

यसैबीच, एक भारतीय टेलिभिजन कार्यक्रममा सैफले करीनासँग विवाहको दिन अमृतालाई पत्र लेखेको खुलासा गरे । उनले अमृतालाई आफ्नो विवाह हुन लागेको र आगामी दिनहरुका लागि शुभकामना मागेका थिए भने अमृताको पनि सुखद जीवनको कामना गरेका थिए ।

उनले उक्त चिठी करीनालाई पनि देखाएका थिए । करीनाले चिठी पढेपछि अमृतालाई पठाउन सुझाव दिएको समेत उनले उल्ल्लेख गरे । उनले उक्त चिठी अमृतालाई पठाएका थिए ।

प्रतिकृया दिनुहोस्