हाम्रो देश
१६ फाल्गुन २०७७, आइतवार

काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा आज शनिबार पनि बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।बलात्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै युवतीहरुले आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।
केही समय धर्ना समेत दिएका उनीहरुले आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारबाही र पीडितलाई न्याय दिन माग गर्दै आएका छन् ।
तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाइँदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी लगाएका उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।
प्रतिकृया दिनुहोस्