हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

वामदेव गौतमलाई भेट्न भैंसेपार्टी पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम ‘चन्द’बीच तीन नबुँदे सहमतिमा हस्ताक्षर सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गौतमलाई भेट्न भैंसेपार्टी पुगेका छन्।

शुक्रबार साँझ प्रधानमन्त्री ओली नेताहरु सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई लिएर गौतमलाई भेट्न उनकै निवास पुगेका हुन्।

आफ्नै घरमा लडेर घाइते भएका नेकपा उपाध्यक्ष नेता वामदेव गौतमको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली गौतम निवास भैँसीपाटी पुगेका छन् । प्रधानमन्त्री ओली सामान्य चोट लागेर घाइते भएका गौतमको स्वास्थ्यस्थिति बुझ्न गएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपाकै दाहाल-नेपाल समूहले नेकपा विभाजनको कानुनी मान्यताको लागि निर्वाचन आयोगलाई दबाब दिइरहेको बेला पार्टी एकता अभियान चलाइरहेका गौतम र ओलीको भेटलाई महत्वका साथ हेरिएका छ ।

प्रतिकृया दिनुहोस्