हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

मुग्लिन-नारायणगढ सडकखण्ड आइतबारदेखि एक हप्ता बन्द

पोखरा । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न मुग्लिन नारायणगढ सडकखण्ड आइतबारदेखि एक हप्ताका लागि दिउँसो बन्द गरिने भएको छ । फागुन २३ देखि २९ गतेसम्म दिउँसो साढे चार घण्टा सडक बन्द गर्न लागिएको हो ।मुग्लिन नारायणगढ सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ ।

सडकखण्डमा बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिए । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए । यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए ।

सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।यो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्