हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

पूर्वराजाको सुरक्षामा खटिएक २४ सुरक्षाकर्मी फिर्ता बोलाइयो

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा कटौती गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारका सदस्यको सुरक्षामा खटिएका ४० जना मध्ये २४ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो । मंगलबार २४ जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाइएको हो ।

२४ जना सुरक्षाकर्मी फिर्ता बोलाइएपछि अब पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारको सदस्यको सुरक्षामा १६ जना सुरक्षाकर्मी रहने भएका छन् ।

सरकारले यसअघि अरु अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मीको संख्या पनि कटौती गरेको थियो ।

प्रतिकृया दिनुहोस्