हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट एमाले सांसदले लिए नाम फिर्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ । नेकपा एमालेका १६ जना सांसदले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र लेखी अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् ।

गत पुस १२ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी ब्यूँतिँदा नयाँ राजनीतिक परिस्थिति निर्माण भएको भन्दै उनीहरुले अविश्वास प्रस्तावबाट समर्थन फिर्ता लिएका जनाएका छन् ।

प्रतिकृया दिनुहोस्