हाम्रो देश
३ माघ २०७७, शनिवार

मेरो सरकार भनेवापत पनि जनताले आभारी हुनुपर्ने कि ? बेलायतको बुढो परम्परालाई जबर्जस्ती बोक्न गणतन्त्र नेपालका नेकपा नेतृत्वको लोकतान्त्रिक सरकारलाई कसले प्रेरित गर्‍यो ?

‘शान’जस्तो लाग्छ ।
मलिक हुनुको ‘पहिचान’जस्तो लाग्छ ।
कति यस्ता कमाराहरु आज पनि छन् नेपालमा
जसलाई —
सत्तासीनहरुको सवारीले जनताको बाटो छेकिनु पनि
‘महान्’जस्तो लाग्छ !”

केही दिन अगाडि एक जना वयोवृद्ध साहित्यकार मित्रले फोन गरेर भन्नुभयो, “राष्ट्रपतिका सवारीको तामझामसम्बन्धी तपाईँको लेख पढेँ । यसले आजका सत्तासीनहरुको मनमस्तिष्क छोला र ?”

“छुँदैन भन्ने त राष्ट्रपतिको फिर्ती सवारीको तामझामले देखाइसक्यो नि !” मैले भनेँ ।

“सदनमा सम्बोधन गर्न जाँदाको राष्ट्रपतिको सवारीशैली किन्चित् फरक त देखियो । तर सम्बोधनक्रममा राष्ट्रपतिले ‘नेपालसरकार’लाई ‘मेरो सरकार’ भनेको सुन्दा भने थप दुःख लाग्यो । कति आन्दोलन गरिखाएकाहरुलाई लोकतन्त्रको सामान्य मर्यादा पनि थाहा नहुनु दुःख लाग्दो कुरा हो ।” साथीले भन्नुभयो, “हुन त यी गैँडा हुन् ! यिनीहरुलाई काउकुती लाग्दैन ! भनिन्छ, युवा वेलामा गैंडाको शरीरमा कसैले काउकुती लायो भने त्यो काउकुती त्यसको चेतनाको तहसम्म पुग्दा त्यो गैंडा फुकिढल्नु बुढो भइसकेको हुन्छ !!!”‘मेरो सरकार’ शव्दावली प्रयोगको पक्ष विपक्षमा धेरै तर्क वितर्कहरु पढिए । शव्दावली प्रयोगका पक्षमा सदनमा प्रधानमन्त्रीले दिनु भएको जवाफले भने हामीजस्ता जनताको चेतनालाई चिमोट्न कहिल्यै छोडेन ।

साहित्यकार साथीका कुराले म हाँसेँ । साथी पनि हाँस्नुभयो । त्यसपछि पत्रपत्रिकामा ‘मेरो सरकार’ शव्दावली प्रयोगको पक्ष विपक्षमा धेरै तर्क वितर्कहरु पढिए । शव्दावली प्रयोगका पक्षमा सदनमा प्रधानमन्त्रीले दिनु भएको जवाफले भने हामीजस्ता जनताको चेतनालाई चिमोट्न कहिल्यै छोडेन ।

परिवर्तित समयमा विगतका यथास्थितिहरुको शव्द संस्कृति लाद्ने सत्ताप्रयत्नलाई जनताले बेवास्ता गर्न मिल्दैन । यस किसिमकै लोकतन्त्रमा पनि  सत्तासीनहरुले सार्वभौम जनतालाई होच्याएर जथाभावी बोल्नु जायज हुन सक्दैन । गल्ती भएपछि समयमै साविती बयान दिन र जनतासँग क्षमा माग्न पनि लोकतान्त्रिक सरकारका पदासीनहरुले जान्नैपर्छ ।

जनताका विचारमा, ‘क्षमा निर्वलको बल हो भने वलवान्हरुको आभूषण हो । क्षमाशीलताले सम्पन्न गर्न नसकिने काम केही छैन । गल्ती हुँदा क्षमा माग्नुबाट मानिसको इज्जत प्रतिष्ठा घट्दैन, बरु बढ्छ । विश्व इतिहासमा शासकहरुले आफूबाट गल्ती हुँदा जनतासँग क्षमा मागेका धेरै घटनाहरु पढ्न पाइन्छन् ।

सदनमा राष्ट्रपतिद्वारा गरिने सम्बोधनमा मेरो सरकार शब्दावली प्रयोग गरिनु स्वाभाविक प्रयत्न थिएन । यसलाई प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय अभ्यास भनिदिनु त अझ विगतका जनआन्दोलन, जनताको शहादत र त्यसबाट प्राप्त सीमित लोकतान्त्रिक उपलब्धिको पनि अवमूल्यन गर्नु नै थियो । यसमा प्रश्न उठ्नु सर्वथा स्वाभाविक छ ।

बेलायतमा र त्यसकै अनुचर कमनवेल्थ मुलुकहरुमा संविधानमा तदनुरुप व्यवस्था गरेर कार्यकारी सरकारले औपचारिक राष्ट्रप्रमुखलाई सदनमा सम्बोधन गर्दा मेरो सरकार शव्दावली प्रयोग गर्न दिइएको छ भन्ने बहानामा बेलायतको बुढो परम्परालाई जबर्जस्ती बोक्न गणतन्त्र नेपालका नेकपा नेतृत्वको लोकतान्त्रिक सरकारलाई कसले प्रेरित गर्‍यो ? यसमा जनताको चासो रहनु स्वाभाविक छ । जनताका बलबुतामा यति अजङ्गका परिवर्तनपछि पनि नेपाली सत्तासीनहरुले बेलायत वा फ्रान्सका थोत्रा परम्पराहरुलाई बोकिराख्नु पर्छ र ? कुनै देशविशेष हाम्रा मित्र हुँदैमा त्यहाँ रहेका बुढापुराना चलनहरु पनि हाम्रा मित्र नै हुने त होइनन् ।कम्युनिष्ट पार्टीका सत्तासीनहरुले नयाँ गणतान्त्रिक लोकतन्त्रमा जनतालाई सम्बोधन गर्नुपर्दा कसरी गर्नुपर्ला ? यसका लागि सामन्ती तथा पूँजीवादी बुढा शासकहरुको भन्दा फरक र सुन्दर विधि संस्कृति हुन सक्दैन ? हुनु पर्दैन ? नयाँ गणतन्त्रमा पनि पुरानै सामन्ती संस्कारको मपाइँवादी सम्बोधन जनताका कानमा स्वादिष्ट बन्नु पर्छ ?

अहिले नेपालमा राणा र शाहहरुको सरकार छैन । बुढो संस्कृतिमा अभ्यस्त नेपाली काङ्ग्रेसको सरकार पनि छैन । नेकपाका नेता कार्यकर्ताहरु त आफूलाई कम्युनिष्ट नै भन्छन् । कम्युनिष्टकै नेतृत्वको सरकार छ । कम्युनिष्ट पार्टीका सत्तासीनहरुले नयाँ गणतान्त्रिक लोकतन्त्रमा जनतालाई सम्बोधन गर्नुपर्दा कसरी गर्नुपर्ला ? यसका लागि सामन्ती तथा पूँजीवादी बुढा शासकहरुको भन्दा फरक र सुन्दर विधि संस्कृति हुन सक्दैन ? हुनु पर्दैन ? नयाँ गणतन्त्रमा पनि पुरानै सामन्ती संस्कारको मपाइँवादी सम्बोधन जनताका कानमा स्वादिष्ट बन्नु पर्छ ? लोकतान्त्रिक सदनमा पनि विगतमै जुठ्यानमा फालिइसकेका सामन्तहरुको शव्दावली टिपेर  प्रयोग गर्नु सार्वभौम जनताका अगाडि अनपेक्षित र लज्जाजनक चुरीफुरी जस्तो भएन र ?

छिमेकी मुलुक भारत कुनै समय बेलायतको उपनिवेश थियो । राष्ट्रिय स्वाधीनता प्राप्तिपछि पनि कमनवेल्थमा बाँधियो । नेपाल त सुदूर अतीतदेखि नै स्वाधीन र स्वतन्त्र मुलुक हो । आज नेपालमा सम्वैधानिक राजतन्त्र पनि छैन । गणतान्त्रिक लोकतन्त्र छ । यस स्थितिमा राष्ट्रपतिले सदनमा सम्बोधन गर्दा मुलुकका जनताका लागि सम्मानजनक हुने सम्बोधनका शव्दावलीहरु चयन गर्नु नै वान्छनीय हुन्छ, हैन र ? नेपालका भाषाहरुमा शब्दहरुको त्यत्रो खडेरी पनि त छैन ।

भारतकै कुरा गर्दा पनि त्यहाँ कतिपय राम्रा कुरा पनि छन् । जस्तै त्यहाँका प्रधानमन्त्री मोदीले आफुलाई प्रधानमन्त्री नभनेर ‘प्रधान सेवक’ भनिदिन जनतामा अपील गरेको सुनिएकै हो । मोदीले आफूलाई जनताको ‘चौकीदार’ भनेको पनि सुनिएको हो । भारतमा राष्ट्रपति र प्रधानमन्त्रीलाई पद पदमा सम्माननीय भनेको पनि सुनिँदैन । सामान्य सम्बोधनले काम चलाएको पाइन्छ । नेपालमा त्यसको चाहिँ अनुशरण किन गरिएन ? किन हाम्रा सत्तासीन महोदयहरु आफूलाई नेपाली जनताको पाले, पहरा, सेवक, वा भरिया भन्न सक्नुहुन्न ? भारी बोक्नेलाई भरिया भनिन्छ त सत्तासीनहरुले पनि इमानदारीका साथ भन्नुपर्दा सार्वभौम नेपाली जनताप्रतिका दायित्वहरुको भारी बोक्नुभएको होइन र ?

तपाईँहरुको दलको नाम नेकपा । अझ नेकपा पनि सिङ्गल मात्र होइन डब्बल । के डब्बल नेकपाको सरकारले सदनमा प्रस्तुत गर्ने सम्बोधनको नमूना त्यही हो ? नेपालको नयाँ गणतन्त्रलाई सुहाउँदो नयाँ सम्बोधन प्रस्तुत गर्नुभएको भए के हुन्थ्यो ? अरुका अगाडि इज्जत पनि बढ्दो हो । प्रधानमन्त्रीले जसरी तसरी बचाउ गर्नुपर्ने स्थिति पनि नआउँदो हो ।

राष्ट्रपतिले त वाचन गर्नुभएको मात्र हो । जसले सम्बोधन तैयार गरे खास दोषी त तिनै हुन् । तैयार गर्नेहरुको मनमस्तिष्कमा के भरिएको थियो प्रयुक्त शब्द शब्दावलीले त्यसैको प्रतिनिधित्व गरेको हो । आजका नेपाली जनतालाई यति कुरा त समयले बुझाइसकेको छ । दोष राष्ट्रपतिको होइन, सरकार चलाउनेहरुको हो । आलङ्कारिक राष्ट्रपतिलाई कति मात्र दोष दिने ? समस्या यो पनि छ ।

‘मेरो सरकार’ शब्दावलीका अतिरिक्त मुलुकमा शव्दहरु त अरु पनि छन् नि । जस्तै श्री ३, श्री ५, श्री ६, श्री १०८, श्री १००८। हिजोका शब्द शब्दावली सत्तासीनहरुका लागि प्रिय नै हुनुपर्ने हुन् भने  हिजोका कुन कुन शब्द आज कसकसले पहिरिने त ? अथवा आजका सत्तासीनहरुले हिजोका यस्ता शब्दहरु पहिरिनु पर्ने कि नपर्ने ? आज पनि सरकारहरुहरु छन् । स्थानीय सरकार, जसलाई कतिले डोजरमालिक पनि भन्छन्, बीचको सरकार छ, माथिको ठुलो सरकार छ । सरकारहरु विभिन्न विकृति विसङ्गतिहरुको मालिक बन्ने, जनताले टुलटुलु हेरिरहने, सुनिरहने ? यही हो लोकतन्त्रको महिमा ?लेनिनले त आफुलाई मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति केही नभनेर कमिसार मात्र पनि भने । नेपाली जनताले यस्ता कुरा तपाईँ कामरेडहरुबाटै सुनेका हुन् । आज पनि संसारमा कति मन्त्री प्रधानमन्त्री र राष्ट्रपति छन् जो आफुलाई जनसेवक ठान्छन् र कम खर्चको सादा जीवनमा रहन्छन् । जनताका अगाडि शान देखाउन लाज मान्छन् ।

उरुग्वेका राष्ट्रपति होजे मोहिका, भियतनामका राष्ट्रपति होचिमिन्ह, क्युवाका राष्ट्रपति फिडेल क्यास्ट्रो, रुसका लेनिन, चीनका माओका नाम काम सुनेका नेपाली कानहरु आज पनि  क्रियाशील नै छन् । यिनीहरु सवैले आफ्ना समयमा पर्याप्त कुशलताका साथ देश चलाएका थिए । यिनीहरु कसैले ‘मेरो सरकार’ भनेनन् । लेनिनले त आफुलाई मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति केही नभनेर कमिसार मात्र पनि भने । नेपाली जनताले यस्ता कुरा तपाईँ कामरेडहरुबाटै सुनेका हुन् । आज पनि संसारमा कति मन्त्री प्रधानमन्त्री र राष्ट्रपति छन् जो आफुलाई जनसेवक ठान्छन् र कम खर्चको सादा जीवनमा रहन्छन् । जनताका अगाडि शान देखाउन लाज मान्छन् ।

हो, दासका लागि मालिकका हरेक विशेषण र क्रियाकलाप महान् हुन्छन् । हिजो राणाहरुले जनतालाई दासकैजस्तो अवस्थामा राखेका थिए । श्री ३ हरु मेरो सरकार भन्थे । जनतालाई ‘सरकार !’ भन्दै ‘कर्स्यौल’ गर्न बाध्य बनाउँथे । त्यस स्थितिलाई नेपाली जनताले ०७ सालमै उखेलेर फालेका हुन् । बाँकी रहेका सामन्ती जरियालाई पनि नेपाली जनताले विगत ०४६ साल र ०६३सालमा बढारेका हुन् । राजनीतिक दासता बढारिँदा पनि कतिपय सन्दर्भमा सांस्कृतिक दासता कायम रहेको देखिनु दुःखद कुरा हो । आजका जनता सार्वभौम छन् । आजको सरकार जननिर्वाचित हो । यो सरकार जनताप्रति उत्तरदायी छ । आजका सत्तासीनहरुले यी तथ्यहरुको हेक्का राख्नैपर्छ । यो सरकार नेपाली जनताको मतदानले बनेको नेपाल सरकार हो । सम्विधानमा लेखिएको पनि त्यही छ । कुनै कोणबाट हेर्दा पनि यो सरकार आलङ्कारिक राष्ट्रपतिको सरकार होइन ।

प्रतिकृया दिनुहोस्