हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

माओवादी केन्द्रको स्थायी कमिटी बस्दै, होला समर्थन फिर्ता ?

काठमाडौं ।   नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने उनले बताए ।

बुधबार मात्रै प्रमुख सचेतक देव गुरुङले संसद्मा त्यसको संकेत गरेका थिए । चैत २३ गतेभित्र विश्वासको मत नलिएर सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने उनले बताएका थिए ।

प्रतिकृया दिनुहोस्