हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

प्रचण्डलाई राजेन्द्र महतोको प्रश्न– ‘प्रतिगमन पनि भन्ने, सरकार पनि नछाड्ने ?’

काठमाडौं– जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चरित्र द्वैध भएको बताउनुभएको छ । एक अनलाइनलाई अन्तर्वार्ता दिँदै उहाँले प्रश्न गर्नुभएको छ, ‘न सरकारलाई प्रचण्डजीले प्रतिगमनकारी भनिराख्नुभएको छ, उहाँको पनि सरकार हो । कुनै पनि बहानामा त्यस्तो कुरा गर्न पाइन्छ रु समर्थन फिर्ता लियो भने के हुन्छ ? संवैधानिक रुपमा प्रक्रिया अगाडि बढ्छ ।’

समर्थन फिर्ता लिनेबित्तिकै चुनाव नहुने बताउँदै उहाँले प्रधानमन्त्री बन्ने विभिन्न प्रक्रिया रहेको बताउनुभएको छ । ‘अर्को व्यक्ति प्रधानमन्त्री बन्न सक्छ । आफू समर्थन फिर्ता नलिने अनि जसपा तयार भएन त्यसैले फिर्ता नलिएको भन्ने ? यो भएन के ! काँग्रेसको सभापतिले अविश्वासको प्रस्ताव ल्याउँदैन भनिसकेपछि जसपालाई भन्ने ठाउँ नै छैन,’ उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस्