हाम्रो देश
८ बैशाख २०७८, बुधवार

२ महिने छोरीको लागि चन्द्रमामा जग्गा !

इन्डियाको सूरतको सरथाणा इलाकामा बसोबास गर्ने विजय कथेरियाले आफ्नी दुई महिनाकी छोरीको लागि उपहार स्वरूप चन्द्रमामा जमिन लिएका छन् । विजय सिसाको व्यापारी हुन् । उनले चन्द्रमामा जग्गा किन्नको लागि न्यूयोर्क इन्टरनेसनल लूनार लैंड रजिष्ट्री कम्पनीमा इमेल पठाएका थिए । कम्पनीले आवेदन स्वीकार गरेको छ ।

विजय कथेरियाको घरमा दुई महिना अघि छोरीले जन्म लिएकी थिइन् । छोरीको नाम नित्या राखिन् । छोरीको जन्मको समयमा नै विजयले केही खास उपहार दिने बारे सोचेका थिए, जुन उपहार अरू भन्दा फरक होस् ।

विजय कथेरियाले न्यूयोर्क इन्टरनेट लूनार लैंड रजिष्ट्रिी कम्पनीसँग सम्पर्क गरे र १३ मार्चमा चन्द्रमामा जमिन किन्न अनलाइन आवेदन दिए । एक एकड भूमि किन्नको लागि दिएको आवेदन कम्पनीले स्वीकार गरेको छ । त्यसपछि कम्पनीले सबै कानुनी कारबाही पुरा गरे र विजय कथेरियाको जमिन किन्ने कुराको मन्जुरी भएको इमेल गरेको थियो । त्यस पछि कम्पनीले त्यो सम्बन्धी सबै कागजात पठाएको थियो । विजय नै चन्द्रमामा जमिन किन्ने पहिलो व्यापारी हुन् । नित्या शायद दुनियामा नै सबै भन्दा कम उमेरकी केटी हुन्, जसको नाममा चन्द्रमामा जमिन छ ।

प्रतिकृया दिनुहोस्