हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

किन भित्रभित्रै आत्तिएका छन् प्रचण्ड? देउवालाई भेटेपछि खुल्यो रहस्य

काठमाडौं। सत्ता समीकरणको खेलमा तीव्ररुपमा यता र उता दौ’डिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजानिकरुपमा आ’क्रोशित देखिन्छन् तर उनी भित्रीरुपमा ओलीसँग डराएका रहेछन्।

यो कुराको खुलासा उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा गत मंगलबार एक्लै भेट्न पुगेपछि सार्वजानिक भएको छ। सो भेटबारे देउवाले आफू नि’कटस्थ कांग्रेस नेताहरुलाई बताएपछि प्रचण्ड हतासमात्र होइन त्र’सित समेत भएको कुरा कांग्रेसको देउवासमूहको साझा बुझाइ बनेको छ।

प्रचण्डले सभापति देउवालाई यसैगरी ओली ब’लियो बन्दै जाने हो भने मलाई द्व’न्द्वका’लीन मुद्धामा फ’साँउछन् भन्नेमा भावुक हुँदै ठूलो चि’न्ता व्यक्त गरेका थिए। देउवा निकट स्रोतका अनुसार, उनले देउवासामु छिमेकी मुलुक भारतले पनि आफूलाई त्यस्ता मु’द्धामा फ’साएर हे’ग पुर्याउन खोजेको हो कि भन्ने आ’शंका पैदा भएको भन्दै त्यस्तो हुन नदिन देउवाले भूमिका खेल्नु पर्ने जि’किर गरेका थिए।

म फसें भने तपाईंलाई पनि फ’साउँछन् भन्ने तर्क गर्दै प्रचण्डले ओलीलाई सत्ताबाट सकेसम्म चाँडो वि’दा गरेर सत्य नि’रुपण तथा मे’लमि’लाप आयोग र त्यससम्बन्धी का’नूनबारे तत्काल निर्णय गर्नुपर्ने अवस्था आइसकेको बताएका थिए। घटनाक्रमअनुसार, गत मंगलबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न आउन खोजेको सूचना बुढानिलकण्ठस्थित कांग्रेस सभापति देउवा निवासमा आयो।

त्यसै अनुसार भेटघाटको प्र’बन्ध पनि मिलाइयो। यो खबरसँगै देउवा सचिवालयले उनीसँग माओवादीका केही नेता पनि साथमा होलान् भन्ने ठा’नेको थियो। तर पछि त्यस्तो भएन। त्यस दिन प्रचण्ड एक्लै थिए। यतिसम्म कि उनको साथमा सु’रक्षाकर्मीबाहेक अरु कोही थिएन। सचिवालयका सदस्यहरु पनि उनीसँग थिएनन्।

प्रचण्ड एक्लै आए सिधै देउवा निवासको अतिथि कक्षमा पुगे। उनीहरुबीच आधा घन्टा कुराकानी भयो। तर त्यस दिनको कुराकानीको विषय भने अलग्गै थियो। विषय राजनीतिकै भएपनि यसपालि सरकारमा जान अथवा प्रधानमन्त्री बनिदिन प्रचण्डले देउवालाई त्यस्तो धेरै आग्रह गरेका भने होइनन्।

यद्यपि, बाहिर समाचार आउँदा माओवादी केन्द्रको सहयोगमा प्रधानमन्त्री बन्न प्रचण्डले फेरि पनि देउवालाई जोड गरेको भनेर आयो। केही दिन अघिसम्म अर्थात् संसद पुनःस्थापना भएपछि जसरी देउवाको ज्योतिषीको खोजी भएको थियो अहिले अवस्था त्यस्तो नरहेको यथार्थ प्रचण्डलाई पनि थाहा नै छ। किनकि संसदमा अझै पनि ओली नै बहुमतमा छन्।

ओली एकपछि अर्काेगरी बलियो बन्दै गएको र यतिखेरको संसदको गणितले देउवालाई प्रधानमन्त्री बनाउने अंक नपुग्ने स्पष्टै छ। त्यसैले जब जब प्रचण्डले देउवालाई भेट्छन् तब मिडियामा प्रधानमन्त्रीको चर्चा शुरु हुने गरेपनि यसबाहेक भेटमा अरु ग’म्भीर विषयहरुमा छलफल भएका थिए। पछिल्लोपटक देउवालाई भेट्दा प्रचण्ड निकै हतास थिए।

ह’ड्बडाएको अवस्थामा प्रचण्ड रहेको बुढानिलकण्ठस्थित देउवा निवास सचिवालयका एकजना सदस्य बताउँछन्। उनका अनुसार प्रचण्ड निकै मुड अफ थिए किनभने विषय पनि गम्भीर नै रहेछ–देउवा निकट स्रोतले बतायो। उनका अनुसार प्रचण्डले देउवासँग आफूलाई भारतले हेग लैजाने खेल खेलेको गुनासो बिसाएका थिए।

उनले भनेका थिए–मलाई भारतले हेग पुर्याउने भयो, टिआरसीको काम पनि ल’थालिंग छ, यसलाई कानुनी वै’धता दिने काममा अब ओली तयार छैनन्, बडो फ’साद हुनेवाला छ। त्यस क्रममा प्रचण्डले आफूमात्र नभएर यदि आफू हेग पुग्नुपर्ने अवस्था आयो भने त्यसले देउवालाई पनि तान्न सक्ने भन्दै उनले देउवालाई पनि ओलीका वि’रुद्ध खरोरुपमा लाग्न आग्रह गरेका थिए।

देउवाले पहल गरेर आफैं प्रधानमन्त्री नभइदिँदा भोलि यो सबै स’मस्या आउन सक्ने र यदि यो सत्य निरुपण तथा मेलमिलाप (टिआरसी) को स’मस्या आयो भने त्यसले आफूलाई मात्र नभएर देउवालाई पनि छुनसक्ने तर्क प्रचण्डले गरेका थिए। यो कुरामा देउवाले प्रचण्डलाई कुनै प्रतिक्रिया नदिएको देउवानि’कट स्रोतको दावी छ।

यो कुरा छल्दै देउवाले ओलीलाई अहिले कसरी ह’टाउन सकिन्छ र? भन्दै प्रतिप्रश्न गरेका थिए। सरकारमा जानलाई ओली वि’रुद्धको बहुमत नपुगेको र माओवादी केन्द्रले पनि विश्वासको मत फिर्ता न’लिएकोले अन्योल भएको देउवाले बताएका थिए। डिसी नेपाल

प्रतिकृया दिनुहोस्